काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशासन प्रवर्दनका लागि सञ्चारमाध्यमले कलम चलाउनुपर्नेमा जोड दिएका छन् । सिमपानी मिडियाको वार्षिक उत्सव तथा सम्मान कार्यक्रममा उनले सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए ।
सबै कुरा प्राप्त भएर पनि सुशासन प्राप्त भएन भने त्यसको कुनै अर्थ हुँदैन, उनले भने मुलुकमा सुशासन कायम हुन नसक्दा विदेश पलायन हुनेहरूको सङ्ख्या बढिरहेको छ ।
नेपाली कांग्रेसका नेता एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इञ्जिनियर दीपकबाबु कँडेलले मुलुकको विकासका लागि सञ्चारमाध्यमको ठुलो भूमिका रहेको बताए । उनले सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य एवं पर्यटन व्यवसायी डा रामशरण थपलियाले बिग्रँदै गएको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
नेकपा एमाले गोरखाका नेता मोहन भट्टराईले राजनीतिक परिवर्तनमा सञ्चारमाध्यमको भूमिका सराहनीय रहेको बताए। नेपाली कांग्रेसका नेता एवं शिक्षाविद् युवराज बस्ताकोटीले सकारात्मक समाचार सम्प्रेषणका लागि नेपाली सञ्चारमाध्यम लाग्नुपर्नेमा जोड दिए । कार्यक्रमको सभापति सिमपानी मिडिया ग्रुपका अध्यक्ष विमल भट्टले पछिल्लो समय सूचनाको भरपर्दो माध्यम डिजिटल पत्रिका भएकोले अनलाईन मिडियालाई मूलधारका मिडिया सरह व्यवहार गर्न राज्यसँग माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यकर्मी उपत्यका बाहिर जानै नमान्ने मन्त्री पौडेलको गुनासो
डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर: स्वास्थ्य मन्त्री पौडेल
श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
खेलबाट स्वास्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गरिँदै