एजेन्सी । अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाले सातवटा मोबाइल एन्टी-शिप मिसाइलहरू नष्ट गरेको दाबी गरेको हो ।
गाजामा द्वन्द्व सुरु भएदेखि यमनका हुथी विद्रोहीहरूले इजरायल र उसका सहयोगीहरूका जहाजहरूलाई निशाना बनाउँदै आएका छन्। हुथी विद्रोहीको आक्रमण रोक्न अमेरिकाले यमनमा कैयौँ हवाई आक्रमण गरेको छ ।
अमेरिकाको सेन्ट्रल कमाण्डले नष्ट भएका मिसाइलहरू लाल सागरमा यात्रा गर्ने जहाजका लागि खतरा भएको र जुनसुकै बेला आक्रमण गर्न सक्ने बताएको छ ।
बिहीबार हुथी विद्रोहीहरूले बेलायतसँग सम्बन्धित तेल बोकेको कार्गो जहाजलाई निशाना बनाएका थिए । आक्रमणपछि यस जहाजबाट तेल चुहिरहेको छ। यो तेल फैलिएपछि समुन्द्रमा ३० किलोमिटर लामो तेलको तह बनेको छ । केही दिनयता लाल सागरमा हुथी विद्रोहीले अमेरिकी युद्धपोतलाई निशाना बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १२ फागुन २०८०, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबुधाबीमा क्षेप्यास्त्रले ७ नेपाली घाइते
क्षेप्यास्त्रले इराकमा वायुसेनाको विमान ध्वस्त
क्षेप्यास्त्र प्रतिरोधको भिडियो खिचेकोको आरोपमा यूएईमा दर्जनौँ पक्राउ
इरानी क्षेप्यास्त्रको भिडियो खिच्ने बेलायती पर्यटक दुबईमा पक्राउ
उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण
इरानी क्षेप्यास्त्रबाट इजरायलमा ३ जनाको मृत्यु