काठमाडौं । अनेरास्ववियुका नेता कमल जोशीलाई अज्ञात समूहले आक्रमण गरेका छन् । शुक्रवार साँझ लैनचौर स्थित अमृत साइन्स कलेज (अस्कल) मा आयोजित कार्यक्रम सकेर निस्केका जोशीमाथि आक्रमण भएको हो ।
क्याम्पस अगाडि सडकमा जोशीलाई एउटा समूहले आक्रमण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । उनले भने–‘आक्रमणमा संलग्न एक जनालाई नियन्त्रणमा लिएका छौँ ।
आक्रमणबाट जोशीको टाउकोमा चोट लागेको छ । अखिलको स्थायी समिति सदस्य जोशी यसअघि अस्कल क्याम्पसको स्ववियु सभापतिमा चुनाव लडेका हुन् । अनेरास्ववियुका अधिकारीहरूले अखिल जोशीमाथि अखिल (क्रान्तिकारी)ले आक्रमण गरेको आरोप लगाएका छन् ।
आक्रमणकारीले उनलाई इट्टा र रड प्रहार गरेका हुन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ फागुन २०८०, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’
सिरियामा अमेरिकाले सुरु गर्यो 'ठूलो सैन्य आक्रमण'