ललितपुर नापीका सर्वेक्षक र मालपोतका नासुसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, १६ : २१
ललितपुर नापीका सर्वेक्षक र मालपोतका नासुसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालयका नासु प्रदीप पौडेलसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

जग्गाको कित्ताकाट गरी धनी पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरूविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस