नेपालगन्ज। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले सुशासनका पक्षमा ऐतिहासिक काम गरेको बताएका छन् । नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यही कारण ललिता निवासको खर्बौंको जग्गा राज्यलाई फिर्ता आउनसकेको बताए ।
बाँसबारी छालाजुत्ताको जग्गासमेत राज्यलाई फिर्ता आउने विश्वास उनले व्यक्त गरे । अतिक्रमण वा कब्जा गरिएका सरकारी जग्गा फिर्ता ल्याउने तथा त्यस्तो गर्नेलाई कारबाही गर्ने प्रक्रिया प्राथमिकता साथ अगाडि बढाइएको उनले बताए ।
शक्तिको आडमा कोही बच्न नसक्ने भन्दै कसैको प्रभावमा नपरी ढुक्कसँग काम गर्न उनले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।
सोसफोर्सको पछि नकुद्न र राजनीतिक शक्तिको अवाञ्छित दबाब नझेली सेवा एवम् सुशासनमा दत्तचित्त हुन उनले निर्देशन दिए ।
गोष्ठीमा प्रदेशका १२ जिल्लाकै सुरक्षा अवस्था र चुनौतीबारे सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले विवरण प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव