एजेन्सी । पूर्वी भारतको बिहार राज्यमा बुधबार अटोरिक्सा र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।
बिहारको राजधानी पटनाबाट करिब १३६ किलोमिटर दक्षिणपूर्वमा रहेको लखीसराय जिल्लाको बिहरारुरा गाउँ नजिकै लखिसराई–सिकन्द्र राजमार्गमा दुर्घटना भएको हो ।
'बिहान सबेरै विपरीत दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दियो। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भयो भने रिक्सा चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,' भारतीय सञ्चारमाध्यमहरूले खबर लेखेका छन् ।
घाइते ६ जना घाइतेलाई अस्पताल भर्ना गरिएको र उनीहरूको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । दुर्घटनामा मारिएकाहरू विवाह समारोहम सरिक भएर घर फर्किँदै थिए ।
मध्यरातको समयमा सडकमा चहलपहल कम भएकाले दुवै सवारीसाधन तीव्र गतिमा गुडिरहेको हुन सक्ने प्रहरीले जनाएको छ ।
ठक्करबाट अटोरिक्सा पूर्णरूपमा चकनाचुर भएको छ । भारतमा प्रायः यात्रुको अत्यधिक चाप, सडकको खराब अवस्था र लापरवाहीका कारण घातक सडक दुर्घटना हुने गरेको छ ।
भारतमा हरेक वर्ष करिब ५ लाख सडक दुर्घटनामा करिब एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० फागुन २०८०, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
राजधानीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते