एजेन्सी । पूर्वी भारतको बिहार राज्यमा बुधबार अटोरिक्सा र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।
बिहारको राजधानी पटनाबाट करिब १३६ किलोमिटर दक्षिणपूर्वमा रहेको लखीसराय जिल्लाको बिहरारुरा गाउँ नजिकै लखिसराई–सिकन्द्र राजमार्गमा दुर्घटना भएको हो ।
'बिहान सबेरै विपरीत दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ट्रकले ठक्कर दियो। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भयो भने रिक्सा चालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,' भारतीय सञ्चारमाध्यमहरूले खबर लेखेका छन् ।
घाइते ६ जना घाइतेलाई अस्पताल भर्ना गरिएको र उनीहरूको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । दुर्घटनामा मारिएकाहरू विवाह समारोहम सरिक भएर घर फर्किँदै थिए ।
मध्यरातको समयमा सडकमा चहलपहल कम भएकाले दुवै सवारीसाधन तीव्र गतिमा गुडिरहेको हुन सक्ने प्रहरीले जनाएको छ ।
ठक्करबाट अटोरिक्सा पूर्णरूपमा चकनाचुर भएको छ । भारतमा प्रायः यात्रुको अत्यधिक चाप, सडकको खराब अवस्था र लापरवाहीका कारण घातक सडक दुर्घटना हुने गरेको छ ।
भारतमा हरेक वर्ष करिब ५ लाख सडक दुर्घटनामा करिब एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० फागुन २०८०, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु