अछाम जीप दुर्घटना अपडेट : एक नाबालकको मृत्यु, १४ जना घाइते [नामसहित]

दुई जनाको अवस्था गम्भीर

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, ११ : ४७
अछाम जीप दुर्घटना अपडेट : एक नाबालकको मृत्यु, १४ जना घाइते [नामसहित]

धनगढी। अछाममा जीप दुर्घटना हुँदा एक नाबालकको मृत्यु भएको छ ।​तेजबहादुर गवलले चलाएको से.१.ज.४२९ नम्बरको जीप अनियन्त्रित भई सडकबाट खस्दा डोटीका पूर्वीचौकी गाउँपालिका ४ बस्ने गजेन्द्र खड्काको डेढ वर्षीय छोरा ईशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए।

 

उनका अनुसार गम्भीर घाइते बालकको बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।अछामको चौरपाटी गाउँपालिका ५ का ५ वर्षीय दीपेन्द्र रावल र सोही ठाउँकी ८ वर्षीय स्माइल रावलको पेट र टाउकोमा गम्भीर चोट छ ।चालक गवललाई नियन्त्रणमा लिएर थप सोधपुछ भइरहेको प्रहरी निरीक्षक साउदले बताए । ​

लुंग्राबाट साँफेबगर जाने क्रममा जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।घाइतेहरूको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।​​

अन्य घाइतेको विवरण र अवस्था

१) जिल्ला डोटी पुर्वीचौकी गा.पा. ४ बस्ने वर्ष अं.२३ की अनिसा खड्का ( टाउको र खुट्टामा चोट अवस्था गम्भीर रहेको )
२) जिल्ला अछाम चौरपाटी गा.पा. ५ बस्ने वर्ष अं. ५ को दीपेन्द्र रावल (बायाँ खुट्टामा चोट अवस्था सामान्य )
३) ८ वर्षीय स्माइल रावल (पेट र टाउकोमा चोट अवस्था गम्भीर )
४)११ वर्षीय आयुस खड्का (टाउको र ढाडमा चोट अवस्था गम्भीर )
५) ७३ वर्षीय दान बहादुर खड्का ( टाउको, ढाड र हातको चोट अवस्था मध्यम )

६)  ७२ वर्षीया गंगा खड्का (टाउको र छातीमा चोट अवस्था मध्यम)
७)  ७५ वर्षीया गौरीदेवी खड्का ( टाउको र अनुहारमा चोट अवस्था सामान्य )
८) ६ वर्षीय वसन्त मिजार (टाउको र निधारमा चोट अवस्था मध्यम )
९) ७६ वर्षीय सिद्ध खड्का (टाउको र हातमा चोट अवस्था मध्यम )
१०) ६५ वर्षीया धनसुबा खड्का (दाहिने गालामा चोट अवस्था सामान्य )

११) २ वर्षीय आज्ञान खड्का । (मुख र कानमा चोट अवस्था सामान्य )
१२) ८ वर्षीय रमित मिजार । (दाहिने खुट्टामा चोट अवस्था सामान्य )
१३) ८ वर्षीय प्रमिसा रावल । (खुट्टामा चोट अवस्था सामान्य)
१४. ५१ वर्षीय चालक तेज बहादुर गवल(सामान्य घाइते)

प्रतिक्रिया दिनुहोस