अछाममा जीप दुर्घटना हुँदा १५ जना घाइते

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, १० : ५९
अछाममा जीप दुर्घटना हुँदा १५ जना घाइते

धनगढी। अछाममा जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरूको बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

से १ झ ४२९ नम्बरको जीप आज बिहान जिल्लाको चौरपाटी गाउँपालिका५ स्थित आमरुख नजिक  दुर्घटनामा भएको प्रहरी चौकी सिउँडीले जनाएको छ ।लुंग्राबाट साँफेबगर जाने क्रममा जीप सडकबाट करिब तीन सय मिटर तल खसेको हो ।