एजेन्सी । पपुवा न्युगिनीको दुर्गम पहाडी क्षेत्रमा कम्तीमा ६४ जनाको गोली हानी हत्या गरिएको छ।
देशको प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार सप्ताहन्तमा एन्गा प्रान्तमा आदिवासी विवादका क्रममा मानिसहरूलाई गोली हानी मारिएको हो।
हाइल्यान्ड क्षेत्रको इतिहास हिंसाले भरिएको छ तर यो यस घटनालाई पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो हिंसा मानिएको बीबीसीले उल्लेख गरेको छ।
यहाँ अवैध हतियारको संख्या बढेको छ र यो यस क्षेत्रमा हिंसा बढ्नुको प्रमुख कारण हो।
प्रहरीले राजधानी पोर्ट मोरेस्बीबाट करिब ६०० किलोमिटर उत्तरपश्चिमको वाबाग सहरनजिकै घटनास्थलमा शव संकलन गर्न थालेको छ।
अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार रोयल पपुवा न्युगिनी कन्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले भने, ‘मैले एन्गामा यति ठूलो हिंसा यसअघि कहिल्यै देखेको थिइनँ। सम्भवतः सम्पूर्ण हाईल्यान्ड्समा यो सबैभन्दा ठूलो हिंसा हो।’
उनले थपे, ‘हामी यसबाट चिन्तित छौँ र के भयो भनेर बुझ्न प्रयास गरिरहेका छौँ।’
प्रायः जमिन र सम्पत्ति बाँडफाँडका विषयमा बढ्दै गएको जनजाति द्वन्द्वले गत वर्ष जुलाईमा एन्गामा तीन महिना लकडाउन गरिएको थियो, जसअन्तर्गत प्रहरीले कर्फ्यु र यात्रामा प्रतिबन्ध लगाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या