नेपाल ‘ए’ टीम पहिलो खेलमा क्यानडासँग ४ विकेटले पराजित

सफल खबर संवाददाता

आइतबार, ०६ फागुन २०८०, १६ : ३४
नेपाल ‘ए’ टीम पहिलो खेलमा क्यानडासँग ४ विकेटले पराजित

काठमाडौं । तीन खेलको एक दिवसीय सिरिजको पहिलो खेलमा क्यानडासँग नेपाल ‘ए’ टीम ४ विकेटले पराजित भएको छ ।

नेपाल ए टीमले दिएको २१७ रनको लक्ष्य पछ्याएको क्यानडाले ४९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । क्यानडाका नवनित धलिवलले सर्वाधिक ८० रन बनाए । निखिल दत्त ६७ रनमा अविजित रहे ।

नेपालका शाहब आलमले २, रसिद खान, सागर ढकाल, प्रतिश जीसी र बसिर अहमदले समान १-१ विकेट लिए ।