काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
देशमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले गत डिसेम्बर २०२३ मा निर्यातमाथि रोक लगाएको थियो। प्याज निर्यातमा रोक लगाइए पछि भारतमा प्याजको मूल्य निकै घटेको थियो।
अब मन्त्रीस्तरिय निर्णय गर्दै भारत सरकारले ३ लाख मेट्रिक टन प्याज निर्यातलाई अनुमति दिएको छ। साथै बङ्गलादेशबाट पनि ५० हजार टन प्याज आयातका लागि पनि भारत सरकारले अनुमति दिएको छ।
भारत सरकारले प्याज निर्यात फुकुवा गरेसँगै अब नेपालमा पनि प्याज आयात हुने बाटो खुलेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु