काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ९ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०८३, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य व्यवस्थासहित शिक्षा समितिको बैठक बस्दै