काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले सरकारले चलाएको सुशासनको अभियान कुनै एउटा समुदायको विरुद्ध नभएको बताएका छन्। मारवाडी सेवा समिति नेपालको ७१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काम गर्दा टेबुल मुनिबाट पैसा बुझाउने दिन अन्त्य गर्ने उद्घोष गरे।
उनले भने- अहिले सरकारले सुशासनको अभियान चलाइरहेको छ। त्यो कुनै एउटा समुदायको विरुद्ध हुुनै सक्दैन। त्यो अभियान भ्रष्टाचार, गैर कानूनी काम गर्ने, राज्यलाई लुट्ने र जनतालाई शोषण गर्नेका विरुद्ध लक्षित हुन्छ। संविधान कानून र नियम अनुसार स्वच्छ ढंगले काम गर्ने प्रोत्साहित गर्छौँ। टेबुल मुनिबाट पैसा बुझाउने दिन अन्त्य गछौँ।
उनले भ्रष्टाचारविरुद्धसँग अहिले आफू ध्यान अभियानमा लागेको समेत सुनाए। उनले थपे, अहिले गृहमन्त्रालयमा ध्यान अनिवार्य गराएको छु। पहिला आएर ध्यान गर्ने अनि काम गर्ने, अहिले हामीले नख्खु जेलमा पनि ठूलो ध्यान हल निर्माण गरेका छौं। पर्सी त्यसको उद्घाटन गर्दैछौँ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ फागुन २०८०, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग