काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले सरकारले चलाएको सुशासनको अभियान कुनै एउटा समुदायको विरुद्ध नभएको बताएका छन्। मारवाडी सेवा समिति नेपालको ७१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काम गर्दा टेबुल मुनिबाट पैसा बुझाउने दिन अन्त्य गर्ने उद्घोष गरे।
उनले भने- अहिले सरकारले सुशासनको अभियान चलाइरहेको छ। त्यो कुनै एउटा समुदायको विरुद्ध हुुनै सक्दैन। त्यो अभियान भ्रष्टाचार, गैर कानूनी काम गर्ने, राज्यलाई लुट्ने र जनतालाई शोषण गर्नेका विरुद्ध लक्षित हुन्छ। संविधान कानून र नियम अनुसार स्वच्छ ढंगले काम गर्ने प्रोत्साहित गर्छौँ। टेबुल मुनिबाट पैसा बुझाउने दिन अन्त्य गछौँ।
उनले भ्रष्टाचारविरुद्धसँग अहिले आफू ध्यान अभियानमा लागेको समेत सुनाए। उनले थपे, अहिले गृहमन्त्रालयमा ध्यान अनिवार्य गराएको छु। पहिला आएर ध्यान गर्ने अनि काम गर्ने, अहिले हामीले नख्खु जेलमा पनि ठूलो ध्यान हल निर्माण गरेका छौं। पर्सी त्यसको उद्घाटन गर्दैछौँ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ फागुन २०८०, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीलाई गृहमन्त्रीले भने - म अहिंसावादी हुँ, तपाईँहरू पनि त्यसैगरी पेश हुनुस्
उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह
मध्यरात बालुवाटारको सडकमा सुदन गुरुङको अर्काे लफडा, आमेप्रकाश अर्याललाई गृहमन्त्री बनाएको भन्दै सुशीला कार्कीकै राजीनामा माग
द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो : गृहमन्त्री लेखक
सिपाही, हवलदारलाई तल्लो दर्जा भन्ने होइन : गृहमन्त्री
कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन