समाजवादी मोर्चाको बैठक भोलि बस्दै

सफल खबर संवाददाता

शनिबार, ०५ फागुन २०८०, १५ : ५५
समाजवादी मोर्चाको बैठक भोलि बस्दै

काठमाडौं । लामो समयदेखि निष्क्रिय रहेको समाजवादी मोर्चाको बैठक आह्वान भएको छ । आइतबार बिहान ८ बजे बैठक बस्नेगरी बोलाइएको नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले बताए ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्मिलित छन् । भोलिको बैठकमा मोर्चाको आगामी कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । मोर्चाको नेतृत्व अहिले नेकपा एसका अध्यक्ष माधव नेपालले गरिरहेका छन् ।