धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालले युवालाई प्रशिक्षण दिने भएको छ ।
जनकपुरस्थित रमण टावरमा शनिबारदेखि तीन दिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण दिन लागेको हो ।
जसपाले पार्टीको प्रदेशस्तरिय प्रशिक्षण सम्पन्न गरी भ्रातृसङ्गठनको प्रशिक्षण गर्न लागेको हो । समाजवादी युवा सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू प्रशिक्षकको रूपमा रहने छन् ।
सङ्गठनका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारी तथा सदस्यहरू गरी करिब एक सय तीस जना प्रतिनिधि प्रशिक्षणमा सहभागी हुने छन् । प्रशिक्षण आज मध्यान्ह १२ बजेदेखि सुरु हुने छ । जसपाले यस अघि महिला सङ्गठनका पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ फागुन २०८०, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी