एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध ठगी मुद्दामा त्यहाँको अदालतले कारबाही सुनाएको छ । समाचार संस्था सीएनएनका अनुसार, न्युयोर्कको एक अदालतले शुक्रबार ट्रम्प र उनको ट्रम्प अर्गनाइजेसनविरुद्ध कारबाहीको निर्णय सुनाउँदै ३ सय ५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको हो ।
यति मात्र होइन, अदालतले ट्रम्पलाई न्युयोर्कमा कम्पनीको निर्देशकका रूपमा काम गर्न तीन वर्षका लागि प्रतिबन्धसमेत लगाएको छ ।
अदालतले उनका दुई छोरा डोनल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पलाई पनि ४/४ मिलियन डलर जरिवाना भर्न आदेश गरेको छ । कोर्टले दुवैलाई दुई वर्षका लागि निर्देशक भएर काम नगर्न पनि भनेको छ ।
पूर्वराष्ट्रपति ट्रम्प र उनका छोरामाथि बैंक, बीमा कम्पनी र अन्य मानिसलाई झुक्याएर घरजग्गाको साम्राज्य खडा गरेको आरोप थियो । लाभ लिनका लागि उनीहरूले आफ्नो सम्पत्ति विवरण बढाइचढाई गरी पेस गरेका पीडितहरूको भनाइ थियो । यद्यपि, ट्रप र उनका छोराहरूले आरोप इन्कार गर्दै आएका छन् ।
अमेरिकी मिडियाले ट्रम्पविरुद्ध अदालतले गरेको पछिल्लो कारबाहीलाई ठूलो भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ फागुन २०८०, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?