एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध ठगी मुद्दामा त्यहाँको अदालतले कारबाही सुनाएको छ । समाचार संस्था सीएनएनका अनुसार, न्युयोर्कको एक अदालतले शुक्रबार ट्रम्प र उनको ट्रम्प अर्गनाइजेसनविरुद्ध कारबाहीको निर्णय सुनाउँदै ३ सय ५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको हो ।
यति मात्र होइन, अदालतले ट्रम्पलाई न्युयोर्कमा कम्पनीको निर्देशकका रूपमा काम गर्न तीन वर्षका लागि प्रतिबन्धसमेत लगाएको छ ।
अदालतले उनका दुई छोरा डोनल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पलाई पनि ४/४ मिलियन डलर जरिवाना भर्न आदेश गरेको छ । कोर्टले दुवैलाई दुई वर्षका लागि निर्देशक भएर काम नगर्न पनि भनेको छ ।
पूर्वराष्ट्रपति ट्रम्प र उनका छोरामाथि बैंक, बीमा कम्पनी र अन्य मानिसलाई झुक्याएर घरजग्गाको साम्राज्य खडा गरेको आरोप थियो । लाभ लिनका लागि उनीहरूले आफ्नो सम्पत्ति विवरण बढाइचढाई गरी पेस गरेका पीडितहरूको भनाइ थियो । यद्यपि, ट्रप र उनका छोराहरूले आरोप इन्कार गर्दै आएका छन् ।
अमेरिकी मिडियाले ट्रम्पविरुद्ध अदालतले गरेको पछिल्लो कारबाहीलाई ठूलो भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ फागुन २०८०, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी