आजदेखि पाँचौँ कर्णाली उत्सव

सफल खबर संवाददाता

शनिबार, ०५ फागुन २०८०, ०९ : ०३
आजदेखि पाँचौँ कर्णाली उत्सव

सुर्खेत । आज देखी  ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ पाँचौं संस्करण सुरू हुँदैछ । 

वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा तीन दिनसम्म चल्ने उत्सव आज देखी सुरू हुन लागेको हो ।

संयोजक कमल लम्सालले उत्सवमा ‘इपिसेन्टर, संकट र सेवा, जोखिम र जुइन्या जुक्ति, कर्णाली धरोहर–मनोहर, लगानीको लगन, कर्णाली दृष्टि, कर्णाली क्याराभान, अपाङ्गता पहुँच र पौरख, हाम्मो काली, हाम्मै कर्नाली, अन्तरजातीय विवाह रहर र कहर, अ जर्नी फ्रम न्यू जर्जी टु कर्णाली, लोकतन्त्र दलभित्र–देशभित्र, देश जान्या, समाज र संघर्ष, खस कुडा–सौँराई जिन्नगीको र विकास अन्या, विकास खान्या गरी १६ वटा सत्र रहने जानकारी दिएका छन।

जसमा ३ वटा पैकेला, ४ वटा टिप्पणी र ३ वटा सांगीतिक साँझ राखिएका छन् ।