बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार गर्ने एकजना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०४ फागुन २०८०, १३ : १८
बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार गर्ने एकजना पक्राउ

मोरङ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ । 

बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन् ।

बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन् ।

उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछि चोरको आरोप लगाउँदै पीडितमाथि द्र्व्यवहार भएको थियो । 

प्रतिक्रिया दिनुहोस