काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन् ।
उनले समाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै बिहानी पख आफ्नै कार्यकक्ष शृङ्गार गरेको उल्लेख गरेका छन् ।
बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरिरहँदा नजिके रहेकी कर्मचारी समान सार्नमा व्यस्त थिइन् । उनले जाडोमा चाँडो कार्यालय आउँदा रिस उठ्छ कि उठ्दैन भनेर कर्मचारीलाई सोधिरहेका देखिन्छन् ।
कर्मचारीले गाह्रो लाग्दैन भनेर जवाफ दिन्छन् । किरातीले काम देशका लागि गर्नु पर्छ भनेर हौसला दिन्छन् । उनले कर्मचारीको परिवारका बारेमा पनि सोधपुछ गर्छन् । यस्तो काम गरेको कति भयो भनेर किरातीले सोधपुछ गरेको देखिन्छ । कर्मचारी भने हाँसिरहेकी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती
श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउन अध्यक्ष साम्पाङले मागे राय
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा