काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन् ।
उनले समाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै बिहानी पख आफ्नै कार्यकक्ष शृङ्गार गरेको उल्लेख गरेका छन् ।
बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरिरहँदा नजिके रहेकी कर्मचारी समान सार्नमा व्यस्त थिइन् । उनले जाडोमा चाँडो कार्यालय आउँदा रिस उठ्छ कि उठ्दैन भनेर कर्मचारीलाई सोधिरहेका देखिन्छन् ।
कर्मचारीले गाह्रो लाग्दैन भनेर जवाफ दिन्छन् । किरातीले काम देशका लागि गर्नु पर्छ भनेर हौसला दिन्छन् । उनले कर्मचारीको परिवारका बारेमा पनि सोधपुछ गर्छन् । यस्तो काम गरेको कति भयो भनेर किरातीले सोधपुछ गरेको देखिन्छ । कर्मचारी भने हाँसिरहेकी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव र सुदन किरातीबिच भेटवार्ता
प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गरौँ : सुदन किराती
पशुपति क्षेत्रसँगको विषयमा म निर्दोष प्रमाणित भएँ, बदनाम गर्नेप्रति दया लाग्छ: सुदन किराती
ओली गैरजिम्मेवार भए, प्रधानमन्त्री मान्न सकिँदैन : सुदन किराती
यथास्थितिमा वायुसेवा निगम सञ्चालन सम्भव छैन : सुदन किराती
यस्तो छ परामर्श समिति बैठकमा सुदन किरातीले पेश गरेको ६ बुँदे फरक प्रस्ताव (पूर्णपाठ)