काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक यही फागुन ८, ९ र १० गते बस्ने भएको छ।
बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने उक्त बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ।
त्यसैगरी बैठकमा पार्टी शुद्धीकरण र सुदृढीकरण तथा पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डा पनि निर्धारण हुने नेता राजेन्द्र गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग