काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक यही फागुन ८, ९ र १० गते बस्ने भएको छ।
बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने उक्त बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने छ।
त्यसैगरी बैठकमा पार्टी शुद्धीकरण र सुदृढीकरण तथा पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डा पनि निर्धारण हुने नेता राजेन्द्र गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने
एमालेद्वारा युथ भोलेन्टियर फोर्स घोषणा
एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक