बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दबाब अभियानअन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न पैदल यात्रा गरेको छ ।पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा रास्वपाले बुधवार करिब १० किलोमिटर पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दबाब दिएको हो ।
लुम्बिनी गुरुयोजना क्षेत्र उत्तरतर्फको १२ नम्बर गेटबाट निर्माणाधीन संरचनाको अवलोकन गर्दै लामिछानेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनका साथै दक्षिणतर्फको ६ नम्बर गेट हुँदै महिलवार चोकसम्म पैदल यात्रा गरेका थिए ।
महिलवारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि बहानामा ढिलाइ गर्ने छुट नरहेको बताए ।
गौतमबुद्धको पवित्र जन्मभूमिको नाममा कसैले बदमासी गर्न नहुने बताउँदै उनले आफूहरूले गुरुयोजना कार्यान्वयनका लागि निरन्तर दबाब दिने र समाधान पत्र सरकारलाई बुझाउने बताए ।
रास्वपाले लुम्बिनीको गुरुयोजना कार्यान्वयनका लागि बजेट अभाव हुन नदिन समेत आग्रह गरेको छ ।पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले मायादेवी मन्दिर अगाडि परेवा उडाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा