काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक तयारीका लागि स्वास्थ्य समन्वय उपसमिति सदस्य चयन गरेको छ । कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ ।
त्यसका लागि कांग्रेसले यसअघि नै पार्टी केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा स्वास्थ्य समन्वय उपसमिति गठन गरेको थियो ।उक्त समितिको सदस्यमा प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्की, नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. वंशदीप शर्मा, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, डा. अबुल हुसेन अन्सारी, डा. विक्रान्त बस्नेत, धनप्रसाद पौडेल, दीपक मुडवरी र डा. सञ्जीवकुमार यादवलाई चयन गरेको हो ।
कांग्रेसले महासमिति तयारीका लागि गठित उपसमितिहरूलाई धमाधम पूर्णता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस