काठमाडौँ । विराटनगर महानगरपालिका-३ मा भेटिएको विष्फोटक बस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । घरेलु तथा साना उद्योग कार्यालय नजिकै प्रेसर कुकरमा विष्फोटक पदार्थ राखिएको थियो ।
हिजो साँझ उक्त वस्तु भेटिएपछि प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिएको थियो । आज भैरव गणका सेनानी रभास खतिवडाको नेतृत्वमा पुगेको टोलीले निष्क्रिय बनाएको हो । टेपले बाँधिएको प्रेसर कुकरभित्र डेटोनेटर, सेफ्टी फ्युज, साबुनको डल्ला र ढुङ्गाहरु फेला परेको प्रहरीले जनाएको छ ।
उक्त बस्तु राखेर आतंक सिर्जना गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पक्राउ पर्नेमा इलाम माम्सेबुङ १ गजुरमुखी घर भई काठमाडौँको भीमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ का ३० वर्षीय विपिन अधिकारी छन् ।
उनीहरूले विद्यालयहरूमा धम्की दिएर चन्दा असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । चन्दा दिन आग्रह गर्ने र नदिए बम विष्फोट गराइदिने धम्की दिने गरेको पाइएको प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका मिश्रको साथमा रहेको झोलामा ७ वटा डेटोनेटर, १८ फिट ३ इन्च लम्बाईको डेडकर्ड, १ किलो सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ