काठमाडौंमा सभाअगाडी राप्रपा नेतासँग प्रसाईंको गोप्य छलफल

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, १२ : २९
काठमाडौंमा सभाअगाडी राप्रपा नेतासँग प्रसाईंको गोप्य छलफल

काठमाडौं । विवादास्पद मेडिकल ब्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा आज प्रर्दशन गर्न लागेका छन् ।

सनातन हिन्दु राष्टको नारा आवरणमा बोकेर प्रसाईं बैंकसँगको आफनो ऋण मिनाहको वातावरण निर्माणका लागि सरकारलाई दवाव वढाउन लागिरहेका छन् ।

यसका लागि उनले राजावादीहरुको साथ खोजेका छन् । पूर्वराजा र उनका परिवारसम्मलाई पटक पटक भेटेर प्रसाईंले त्यसैका आडमा आफनो शक्ति देखाउन चाहिरहेका छन् ।

प्रसाईंको यही अभियानमा राजावादीहरु पनि मिसिन थालेका छन् । प्रसाईंले काठमाडौंको टुडिखेलमा आज शक्ति प्रर्दशन गर्ने कार्यक्रमको घोषणा एक महिना अगाडी देखि गदैं आएका थिए ।

यधपी, टुडिखेलमा चिनियाँ कला प्रर्दशनी भईरहेको र त्यहाँ कार्यक्रम गर्न नेपाली सेनासम्मको अनुमति लिनुपर्नेमा प्रसाईंले अनुमति नलिएका कारण उनको कार्यक्रम टुडिखेलमा भने हुनेछैन ।

कुनै राजनीतिक कार्यक्रम टुडिखेलमा गर्न नदिने रणनीतिमा रहेको सेनाले त्यहाँ कार्यक्रम गर्न नदिने देखेपछि प्रसाईंको लागि कार्यक्रम स्थल भृकुटीमण्डपको भित्री खुल्ला क्षेत्रमा तोकिएको छ । त्यही प्रसाईंले आज आफना समर्थकलाई सम्वोधन गर्ने कार्यक्रम छ ।

यद्यपी, प्रसाईं आफनो कार्यक्रम अगाडी पूर्व पञ्चहरुको पार्टी राप्रपाका नेताहरुसँगको सम्वादमा बसेका छन् । राप्रपाभित्र पार्टीले हिन्दु राष्ट र राजतन्त्रको प्रखर वकालत गर्न नसकेको भन्दै बरु प्रसाईंले थालेको अभियानलाई नै साथ दिन पर्छ भन्ने धारका नेताहरुसँग अहिले यो समाचार तयार पार्दासम्म प्रसाईंको छलफल भईरहेको छ ।

विशेष सूत्रका अनुसार, भक्तपुर सल्लाघारीस्थित होटल ग्रीनमा प्रसाईं र राजावादी समुहका राप्रपा नेताहरुका बीचमा बिहानै देखि वार्ता जारी छ । उक्त वार्तामा सांसद समेत रहेका धवलशम्शेर जवरापनि केही समय सहभागी भएर निस्केका थिए ।

राप्रपाका उपल्ले स्तरका नेतामा धबल शम्शेर केही समय प्रसाईसँगको उक्त छलफलमा सहभागी भएपनि अन्य नेताहरु पनि सहभागी छैनन । राप्रपामा प्रसाईंको आन्दोलन र कार्यक्रमलाई लिएर हेर्ने दृष्टिकोणमा दुई धार छ ।

प्रसाईंको पिच्छलग्गु हुने या आफनो तर्फबाट नै राजावादी मुभमेन्ट अगाडी बढाउने भन्नेमा पूर्वपञ्चहरुको पार्टी राप्रपामा विग्रह छ । कतिपय नेताहरु प्रसाईंको पछि लाग्दा पार्टी नै भड्खालोमा जाने र प्रसाईंका विशुद्द उठन्ते नारामा भूल्न नहुने मत पनि राप्रपामा जब्बर छ ।

तर पनि रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही, धबलसम्शेर लगायतका नेताहरु आन्दोलन जसले उठाएपनि त्यहाँ राप्रपाको बलियो उपस्थिती देखाएर जानुपर्ने पक्षमा वकालत गरिरहेका छन् ।

गणतन्त्र प्राप्तीका लागि माओवादीले न्याय, समानता र स्वतन्त्रताका लागि गरेको जनयुद्दको वर्षगाँठकै अवसरमा त्यसलाई चुनौति दिने गरि प्रसाईंले काठमाडौंमा शक्ति प्रर्दशनको कार्यक्रम राखेका हुन् ।

तर उनको त्यस्तो प्रर्दशनले परिवर्तन विरोधीहरुलाई क्षणिक मृगतृष्ण दिएपनि बलिदानको जगमा प्राप्त उपलब्धीलाई हल्लाउन नसक्ने विश्लेषण राजनीतिक बृतमा छ ।

प्रतिक्रिया दिनुहोस