काठमाडौँ । भारतको उत्तराखण्ड स्पेसल टास्क फोर्स (एसटीएफ) र प्रहरीले अन्तर्राष्ट्रिय बजारमा एक करोड भारतीय रुपैयाँ बराबरको हेरोइनसहित रुद्रपुर सहरबाट दुई जनलाई पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार १ केजी बराबरको सो हेरोइन नेपाल पठाउने तयारी गरिएको थियो ।
नेपाल–भारत सीमामा ठुलो मात्रामा लागूऔषधको कारोबार हुन लागेको सूचनाको गोप्य सूचनाको आधारमा एसटीएफ र खातिमा प्रहरीले संयुक्त अपरेसन चलाएको थियो । भान खाण्डी महादेव मन्दिर नजिकैबाट शंकास्पद दुई जनालाई पक्राउ गर्दा उनीहरूको साथबाट १ केजी हेरोइन बरामद गरिएको थियो ।
सोधपुछका दौरान उनीहरूले बरेलीबाट आएको र सो हेरोइन नेपालका लागूऔषध तस्करलाई बुझाउन लागेको खुलाएका थिए । पक्राउ पर्ने दुई जना सागिर अहमद र बाबु रहेका छन् । उनीहरू दुवै उत्तर प्रदेशको बरेलीस्थित अलिगञ्जका बासिन्दा हुन् ।
दुई जनाले नेपालका लागूऔषध तस्करसँग खातिमामा भेट्ने योजना भएका थिए । प्रहरीले उनीहरूलाई हेरोइन दिने डिलरको बारेमा सोधपुछ गरिरहेको बताएको छ । उनीहरूले लामो समयदेखि उत्तराखण्ड, नेपाल र उत्तर प्रदेशमा हेरोइन सप्लाई गर्दै आएको पनि खुलाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ
प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ