सिरहा। कटुवा पेस्तोलसहित सिरहाबाट एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा औरही गाउँपालिका - ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव छन् । उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिरहा नगरपालिका ७ बाट पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ ।उनको उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका - ३ का २२ वर्षीय संजितकुमार यादवसँग विवाद भएको थियो ।
उनीहरूबीचको विवादको खबरसँगै वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सरोजलाई पक्राउ गरेको हो । पछि तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल बरामद भएको थियो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ