काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका ६ वर्षीय बालक र २ वर्षीया बालिकाको हिजो साँझ मृत्यु भएको जानकारी दिए। यस्तै घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमाको पनि राति साढे ९ बजे नै मृत्यु भएको छ।
गम्भीर घाइते भई किष्ट अस्पतालमा लगिएकोमा उपचारका क्रममा ती महिलाको मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले बताए।
घटनाबारे अनुसन्धान भइरहेको बताएको प्रहरीले बच्चाहरुमा कतै चोटपटक नदेखिएपनि आमाले नै घाटी थिचरे मारेकोे हो कि भन्ने आशंका गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला