सिरहा। सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचौकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार ‘छ १’ ले दिएको जाहेरीको आधारमा दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिए। दासले गत मंसिर २८ गते १४ वर्षिया बालिकामाथि जवरजस्ती करणी गरेको आरोप लागेको छ।
प्रहरीले खोजीकै शिलशिलामा बिहिवार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जानकारी दिए । पक्राउ परेका दासलाइ आवश्यक अनुसन्धानको लागि शुक्रवार जिल्ला अदालत सिरहाबाट पाँँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कार्कीले जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ माघ २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ