एजेन्सी । दक्षिण एसियाली मुलुक पाकिस्तानमा बिहीबार आम निर्वाचन हुँदैछ ।
पूर्वप्रधानमन्त्री नवाज सरिफलाई सेनाको समर्थन रहेको विश्वास गरिएको छ भने पूर्व प्रधानमन्त्री इमरान खान जेलमा रहेकाले शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) चुनावमा सबैभन्दा ठूलो पार्टी बन्न सक्ने आँकलन गरिएको छ ।
खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उम्मेद्वार सर्वोच्च अदालतले आफ्नो पार्टीको चुनावी चिन्ह क्रिकेट ‘ब्याट’ हटाउने निर्वाचन आयोगको निर्णयलाई समर्थन गरेपछि स्वतन्त्र रूपमा चुनाव लडिरहेका छन् । ७४ वर्षीय सरिफले बिहीबार हुने निर्वाचनमा कीर्तिमानी चौथो कार्यकाल प्रधानमन्त्री बन्ने लक्ष्य राखेका छन् ।
बिलावल भुट्टो–जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पनि प्रतिस्पर्धामा रहेको छ । बिलावल भुट्टो जरदारीलाई पार्टीले प्रधानमन्त्री पदको रुपमा घोषणा गरेको छ ।
पाकिस्तानको निर्वाचन आयोगले गत वर्षको डिसेम्बरमा निर्वाचन गराउने कार्यतालिका जारी गरेको थियो । पाकिस्तानमा आम निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यस चुनावमा १२.८५ करोड बढी मतदाताहरू रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ माघ २०८०, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
निर्वाचन प्रयोजनका लागि ६८ दल दर्ता, आयोगमा दर्ता कायम दलको संख्या १३२ पुग्यो
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै