काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रभु साहले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । आर्थिक अवस्था भयावह छ । देश आर्थिक असफलताको तगारोमा उभिइरहेको छ ।’
मुलुकमा जसले पनि भ्रष्टाचार गर्ने अवस्था देखिएको भन्दै साहले जहाँ जसले पायो उसले लुट्ने जस्तो स्थिति देखिएको बताए । ‘जति जसको पहुँच छ उसबाट त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ’, साहले भने ।
सम्पत्ति लुट्नेहरुले पनि स्याबासी पाइरहेको भन्दै उनले भ्रष्टाचारविरुद्ध जनताले नै सशक्त रुपमा आवाज उठाउनुपर्ने बताए ।नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको सर्वेक्षणले ६ महिनामा ७ खर्ब रेमिट्यान्स आएको देखाएको भन्दै उनले धेरै रेमिट्यान्स आउँदैमा खुशी हुनु नपर्ने बताए ।
‘म सोध्न चाहन्छ– ६ वर्ष अगाडि कति युवा विदेश गएका थिए ? अहिले कति विदेश गए ? अहिले कति युवाहरु विदेशमा काम गरिरहेका छन् ? कति युवाले कति कमाउँछन र तिनबाट कति पैसा आउनुपर्ने हो ? जनतालाई बुझाउन जरुरी छ’, सांसद साहले भने ।
जिम्मेवारीमा रहेकाहरुबाटै भ्रष्टाचार हुने गरेको उनको भनाइ छ । ‘ठूलो ओहोदाहरु रहेकाहरुले आफू पदमा हुँदासम्म लुट्ने अनि इन्ड हुने बेलामा पीआर र ग्रिन कार्ड लिएर बाहिर जाने ? पहुँचवालाको छोराछोरी पहिले नै पठाइ दिने र देशलाई सोहोरेर आफू जाने ?’ उनले सोधे ।
बैंकले मनोमानी ब्याज लिने गरेको उल्लेख गर्दै सांसद साहले लघुवित्तको विषयमा पनि प्रश्न उठाए । ‘१० करोडबाट सुरु गरेको लघु वित्त पाँच वर्षमा खर्बौंमा पुग्छ । यो कसरी हुन्छ ?’ उनको प्रश्न थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरजु राणालाई प्रभु साहको प्रश्न- कति नेपालीले विदेशको नागरिकता लिए ?
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
प्रभु साहको दाबी ‘बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भए’
प्रधानमन्त्री ओली आफैँले लिएको परीक्षामा फेल भएः प्रभु साह
सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धराशायी : प्रभु साह
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग