मकवानपुर । प्रहरीले मकवानपुरबाट गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगतबहादुर प्रजा रहेका छन्। उनलाई अवैध लागुऔषध गाँजा ६४ किलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घरनजिक मल राख्ने खाल्डोमा लुकाइछिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ