बाँसबारी जग्गा प्रकरण

व्यवसायी अरुण चौधरीसहित तीनैजना हिरासतमुक्त

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १२ : ३७
व्यवसायी अरुण चौधरीसहित तीनैजना हिरासतमुक्त

काठमाडौं । व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका छन् ।  बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार थुनामुक्त भएका हुन् । 

यही १८ माघमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीसहित कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुर पक्राउ परेका थिए । 

अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरुलाई सीआईबीले छाडेको हो ।