कास्की । पोखरा महानगरपालिका-८ नागढुङगाबाट पाँच जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका-१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेललगायत रहेको प्रहरीले जनाएको छ ।
कडेलकै एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जनाएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ