काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित बजेट हुने दबाब गरेका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री महतले प्रिबजेटको विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सीमित स्रोत-साधनलाई हेरेर उत्पादनशील क्षेत्रमा समेट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताए।
उनले विगतमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा छलफल गर्न समय हुने थिएन तर अहिले समय भएको भन्दै यसले संसद र सरकारबीच बजेट, नीति तथा कार्यक्रमका विषयमा संवाद गर्न पाउने अवस्था सिर्जना भएको बताए।
उनले विगतका सरकारले आयोजनाको स्रोत सुनिश्चित नभई आयोजना घोषणा गरेको कारण धेरै आयोजनाको काम अधुरो रहेको बताए। उनले आयोजनामा बजेट नै नराखी ठूलो ठेक्का लगाएको कारण पनि परिणाम आउन नसकेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
निजी क्षेत्रलाई नडराउन अर्थमन्त्रीको आग्रह
अर्थमन्त्रीको दाबी : आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन चरणमा, निजी क्षेत्रको सुझाव बजेटमा समेटिने
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग
अर्थमन्त्रीको चार ठाउँमा घर र अपार्टमेन्ट, साढे ३ करोड ऋण