काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरू बैंक र सहकारीमा देखिएको निराशा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै सभापति लामिछानेले सो कुरा बताएका हुन्।
उनले सरकारले सत्ता टिकाउने, सरकार चलाउने र सरकार जोगाउने किसिमका कामका लागि मात्रै संसद नभएर जनतासँग उत्तरदायी भएर काम गर्नुपर्ने बताए। सरकारले सत्ता टिकाउने गरी आवश्यक नभएको विधेयक संसदमा पेश गर्ने तयारी सुनिएको भन्दै जनताप्रति उत्तरदायी सदन बनाउनुपर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागार फर्किए रवि लामिछाने
‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने
प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रवि लामिछानेको दाबी
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले
उम्मेदवार टुंग्याउनु अगाडी रास्वपाले आकांक्षीहरुलाई किन भेट्न पठाउँदैछन् रवि लामिछाने ?
रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ