चेपाङ बस्तीमा बाँडियो न्यानो कपडा र खाद्यान्न

सफल खबर संवाददाता

आइतबार, २१ माघ २०८०, १२ : ५५
चेपाङ बस्तीमा बाँडियो न्यानो कपडा र खाद्यान्न

काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघले धादिङको गजुरी गाउँपालिका–४ चौकी भन्ज्याङस्थित चेपाङ बस्तीमा खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ । संघकी अध्यक्ष अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा ७८ घरधुरीलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको हो ।

शुक्रबार आयोजित सो कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, सशस्त्र प्रहरी बलका प्रवक्ता, सहायक प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरू तथा संघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस