डोटी । डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
भालुको आक्रमणबाट घाइते हुनेमा डोटीको आदर्श गाउँपालिका-२ कुचेडा बस्ने शेर बहादुर बोहराको श्रीमती वर्ष २४ कि देउसरा बोहरा घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बताए ।
घर नजिकै रहेको जङ्गलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरी बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते महिलालाई मौवा स्वास्थ्य चौकीमा उपचार गरी थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते
दैलेखमा चक्कु प्रहारबाट दुईजना घाइते
तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट'
गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते