काठमाडौँ । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सेनामा भर्ना भएका नेपालीका परिवारले सरकारसँग सहयोग मागेका हुन् ।
उदयपुरकी टिना घिमिरेले आफ्नो श्रीमान पदम २ महिनादेखि सम्पर्कविहीन भएको बताइन् । उनका अनुसार सेनामा भएका भएका पदमले २ पटक भाग्ने प्रयास गरेका थिए । तर दुबै पटक रुसी सेनाले समाएर लग्यो ।
त्यसपछि युद्धमा जान लागेको बेला आफूलाई कल गरेको उनको भनाई छ । सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको बताए । ७ लाख रुपैयाँ खर्च गएर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका सालो रामकुमार प्रधानसँग अन्तिम पटक २५ असोजमा कुराकानी भएको उनले बताए ।
खोटाङकी शिला राईले रुसी सेनामा भर्ना भएका दाइ रवीनकुमार राई घाइते अवस्थामा रहेका बताइन् । २१ दिनदेखि अस्पतालमा रहेका दाइलाई उद्धार गरिदिन उनले आग्रह गरिन् ।
पत्रकार सम्मेलनमा रुसी सेनामा भागेका आए सुमन राईले त्यहाँ करिब १४/१५ हजार नेपाली हुनसक्ने सुनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु