अरुण चौधरी र अजितनारायण सिंह थापा अस्वस्थ, चिरायु अस्पतालमा भर्ना

सफल खबर संवाददाता

विहीबार, १८ माघ २०८०, २१ : ०१
अरुण चौधरी र अजितनारायण सिंह थापा अस्वस्थ, चिरायु अस्पतालमा भर्ना

काठमाडौं । सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल पुर्याइएको छ ।

उनीसहित अजितनारायण सिंह थापालाई चिरायु अस्पताल लगिएको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबी स्रोतले जानकारी दियो । शुक्रबार काठमाडौं जिल्ला अदालतले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न चार दिनको समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस