काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोग लगायतका निकायमा रिक्त पदमा पदपूर्ती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको बैठकले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौं निवासी डा. सहारा श्रेष्ठलाई मनोनयन गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
उनका अनुसार बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजक रहेको निजी क्षेत्रलाई पनि समेटेर राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ माघ २०८०, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक केहीबरेमा बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
विपिन जोशीको परिवारलाई १० लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय
यस्ता छन् बागमती मन्त्रिपरिषद् बैठकका निर्णय
मन्त्रिपरिषद् बैठक जारी