काठमाडौँ। मोरङमा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ग्रामथान–२ घर भएका २० वर्षीय उपेश सरदारको मृत्यु भएको हो । ठक्करले पैदल यात्री सरदार सिकिस्त घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा मोटरसाइकलको ठक्करले ७० वर्षीय जयप्रकाश रेग्मीको मृत्यु भएको छ । को ३८ प ९९३७ नम्बरको मोटरसाइकलको ठक्करले सिकिस्त घाइते भएका उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ माघ २०८०, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु