धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेस पछि परेको बताएका छन्।
समाजवादी महिला सङ्घ मधेस प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले शासक वर्गको मदेसप्रतिको विभेदकारी नीतिका कारण शिक्षा , स्वास्थ्य, रोजगार जस्तो आधारभूत क्षेत्रमा मधेस पछि परेको बताए ।
मधेसी जनताले शासक वर्गको रवैया विरुद्ध गरेको भीषण विद्रोहको बलमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि केन्द्रीकृत मानसिकता बोकेका शासक वर्गको मधेसप्रतिको रवैया अझै सुध्रिन नसकेको दाबी गरे ।
समथल भूभाग , उर्वर भूमि जस्ता विकासका आधारभूत तत्त्वहरू मधेसमा भए पनि सबै क्षेत्रमा मधेस पछि पर्नुको एक मात्र कारण विगतका गलत नीति, योजना र विभेदकारी शासन प्रणाली नै रहेको भन्दै अध्यक्ष यादवले मुलुक सङ्घीय शासन प्रणालीमा गए पनि विभेद उन्मुलन हुन नसकेको दाबी गरे ।
मधेस सरकारलाई दिने बजेट लगायतको सेवा सुविधामा समेत विभेद भइरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष यादवले विभेद अन्त्य नभएसम्म मधेस विकास निर्माणमा फड्को मार्न नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरी-३ मा उपेन्द्र यादवलाई दोब्बर मतले पराजित गर्दै रास्वपाका चौधरी विजयी
‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’ : उपेन्द्र यादव
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट