उपप्रधानमन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १६ : ०४
उपप्रधानमन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट

काठमाडौं। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सबीच भेटवार्ता भएको छ ।आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्दै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

 

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताए ।

उनले दुई देशबीच लोकतन्त्र, मानवअधिकार, कानूनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको उल्लेख गरे ।

उनले गत वर्ष नेपाल र बेलायतको मैत्रीसन्धिको एक सय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको बताए ।साथै उनले बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमा समेत बेलायतले सहयोग र समर्थन गर्दै आएकोमा प्रसन्नता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस