राष्ट्रियसभाको चुनावबारे समीक्षा गर्न गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १४ : ०४
राष्ट्रियसभाको चुनावबारे समीक्षा गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएका छन् । राष्ट्रियसभा चुनावको समिक्षा लगायतका विषयमा छलफलका लागि प्रधानमन्त्री प्रचण्डले आज ४ बजेका लागि गठबन्धनको बोलाएका हुन् ।

सो बैठकमा डा.सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चालाई पनि बोलाइएको स्रोतले जनाएको छ । सत्ता गठबन्धनबाट राष्ट्रियसभा चुनावमा भाग लिएका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी सहभागी हुने बताइएको छ ।

कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार हारेबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनकै उम्मेदवारले चुनाव जितेका छन् । कोशी प्रदेशको बारेमा बैठकमा विशेष समिक्षा समेत हुने बताइएको छ ।