काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शहीदका सपना पूरा गर्न सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै सभामुख घिमिरेले दलहरूको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुई मत नभएको बताएका हुन् ।
राणा शासनलाई अन्त्य गर्न आफ्नो जीवन आहुति दिने अमर शहीदहरू दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।नेपाली जनतालाई स्वतन्त्रता र अधिकार प्राप्तिका लागि आफ्नो जीवन अर्पण गरेका शहीदले देखेको समृद्धिको सपना पूरा गर्न राज्यका सबै निकाय उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
'विभिन्न तह र तप्काअनुसार सबैको भूमिका संविधानले नै प्रस्ट पारेको छ । त्यसकारण सबैले आफ्नो संवैधानिक भूमिकालाई ख्याल गर्दै जिम्मेवारी पूरा गर्ने हो भने शहीदप्रति सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिनेछ', उनको सन्देशमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने