अभिनेत्री एमी ज्याक्सनले अभिनेता वेस्टविकसँग गरिन् इन्गेजमेन्ट

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, ११ : ४६
अभिनेत्री एमी ज्याक्सनले अभिनेता वेस्टविकसँग गरिन् इन्गेजमेन्ट

मुम्बई । ‘एक दिवाना था’ र ‘सिंह इज ब्लिंग’ अभिनय गरेकी अभिनेत्री एमी ज्याक्सनले इन्गेजमेन्ट गरेकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले इन्गेजमेन्टको जानकारी दिएकी हुन् ।

ज्याक्सनले एक पोष्ट शेयर गरेकी छन् । जसमा उनका प्रेमी अङ्ग्रेजी अभिनेता एड वेस्टविकले स्वीजरल्याण्डको पहाडमा उनलाई  प्रपोज गरेको देख्न सकिन्छ । ज्याक्सनले फोटो शेयर गर्दै भनेकी छन्– ‘एस ।’

एमी र एड विगत केही समयदेखि एक अर्काेसँग डेट गरिरहेका छन् । यस अगाडि एमी जार्ज पानायियोटौसँगको सम्बन्धमा थिइन् । जार्जले ज्याक्सनको २०१९ मा प्रपोज गरेका थिए । दुवैको एक छोरा पनि छ । त्यसपछि उनी जार्जसँग अलग भइन् । त्यसपछि ज्याक्सनले २०२२ मा डेट गर्न सुरु गरिन् । 

कामको कुरो गर्ने हो भने एडले कयौँ अङ्ग्रेजी फिल्ममा काम गरेका छन् । जसमा ‘गसिप गर्ल’ र ‘रोमियो और जुलियट’ निकै महत्त्वपूर्ण मानिएको छ । एड अभिनेताको अलवा एक म्युजिशियन पनि हुन् ।

ज्याक्सनको आउने फिल्म ‘क्रैक’ हो । यो फिल्ममा उनी विद्यत जामवाल, नोरा फतेही र अर्जुन रामपाल जस्ता कलाकारको साथ देखिनेछिन् । ज्याक्सनले २०१२ मा फिल्म ‘एक दिवाना  था’ बाट अभिनयमा डेब्यु गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस