काठमाडौ । नेपाली कांग्रेसले आज (माघ १६) देखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दै छ।
नेकपा एमालेको ग्रासरुट अभियान, झुलाघाट–चिवाभन्ज्याङ समृद्धि यात्रा, माओवादी केन्दको रुपान्तरण अभियानपछि कांग्रेसले १० दिने अभियान गर्न लागेको हो।
समुदायमा कांग्रेस अभियान ६ हजार ७४३ वडामा एकैसाथ सुरु हुने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। हिमाल, पहाड र तराईको मौसम अनुसार बिहानै कार्यक्रम सुरु हुनेछ।
‘कार्यक्रममा मञ्च हुँदैन, भाषण गरिँदैन, वडा तहको पनि टोलमा मात्र कार्यक्रम हुन्छ,’ विश्वकर्माले भने, ‘किसान, आमा, कृषि समूह, सहकारी, युवा, व्यापारी, शिक्षक, प्राध्यापक, वकिल, कर्मचारी बालबालिका, अभिभावक लगायत २५ बढी समूहका गुनासो हामी सुन्छौँ।’
अभियानको क्रममा पार्टीका जनप्रतिनिधि, नेताले गरेका काम चित्त बुझेरनबुझेको स्थानीयसँग जानकारी लिने उनको भनाई छ।
‘गाउँका सामान्यभन्दा सामान्य व्यक्तिसँग हामी अनौपचारिक रुपमा भलाकुसारी गछौँ,’ उनले थपे, ‘मुख्यगरी अब जनतामा बढेको निरासा के होरु यसको समाधान कसरी गर्ने, त्यो पहिल्याउन अभियान सुरु गर्न लागिएको हो।’
समुदायमा कांग्रेस अभियानका लागि नेताहरु जिल्ला र वडा तहमा खटिसकेका छन्।
‘हाम्रो समुदायमा कांग्रेस कार्यक्रम १० दिन चल्छ, त्यसका लागि कार्यविधि अनुसार नेताहरु खटिनुहुन्छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित