बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको?

सफल खबर संवाददाता

सोमबार, १५ माघ २०८०, ११ : १६
बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको?

काठमाडौं । शुक्रबारदेखि स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस