काठमाडौँ । विधान संशोधनका लागि आइतबार सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज सकिँदैछ । बैठकमा पेश भएको विधान संशोधन मस्यौदामाथि आज १० जना टोली नेताले धारणा राखेपछि निष्कर्ष सुनाएर बैठक सक्ने तयारी रहेको सो पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘११ बजेपछि १० वटा टोली नेताले विधान संशोधनका सवालमा आ-आफ्नो लिखित प्रस्तुति दिनुहुन्छ । प्रस्तावमा उहाँहरूले राखेका प्रस्तुति समेतलाई समेटेर निष्कर्ष सुनाइन्छ र बैठक समापन हुन्छ’, नेता खतिवडाको भनाइ छ । करिब १ हजार बढी प्रतिनिधि सहभागी बैठकमा प्रस्तुत विधान मस्यौदामा संशोधनका लागि विकल्पसहितका प्रस्ताव गरिएको छ । सो पार्टीमा पार्टी पदाधिकारीको निर्वाचन प्रत्यक्ष गर्ने कि अप्रत्यक्ष गर्ने भन्ने विषय पेचिलो छ ।
त्यस्तै महाधिवेशनका प्रतिनिधिहरू तलैबाट निर्वाचित हुने कि मनोनीत गर्ने भन्ने विषय पनि विधानले व्यवस्था गर्नेछ । ‘केन्द्रीय सदस्यले चुनाव लडेर प्रतिनिधि बन्ने व्यवस्था गर्ने या नपर्ने भन्ने सोधिएका प्रश्नहरूको उत्तर लिएर निर्णय हुन्छ’, नेता खतिवडाले जानकारी दिए ।
यसबाहेक केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीको सङ्ख्याका बारेमा समेत विधानले व्यवस्था गर्नेछ । कमिटीहरूको अहिलेको व्यवस्था अनुसार धेरै सङ्ख्याको कमिटी घटाएर सानो आकारको बनाउने सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग