काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।
माघ १६ गते जारी गर्नेगरी केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो ।तथापि, मंगलबार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि नै बिक्री भएको पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको हो ।
बैंकको सूचना अनुसार ९१ दिने ट्रेजरीमा ८ अर्ब १० करोड रुपैयाँ नवीकरण हुनेछ भने १८२ दिने र ३६४ दिनेमा क्रमशः ५ अर्ब रुपैयाँ र ६ अर्ब रुपैयाँ नवीकरण हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार अर्थात् माघ १५ गते दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ । उक्त ट्रेजरीको बिक्री भने माघ १६ गते मंगलबार बिक्री हुनेछ ।केन्द्रीय बैंकले यसअघि माघ ८ गते १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ माघ २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति (पूर्णपाठसहित)
मौद्रिक नीति पारित, सवा १२ बजे सार्वजनिक गर्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
२१ दिनका लागि बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक
राष्ट्र बैंकले ५० अर्ब तरलता तान्दै
अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर अधिकारी